नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, कत्रो बन्यो बैंक ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । दुवै बैंक मर्ज भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार शुरु भएको छ ।

मर्जर पश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ ।

एकीकृत कारोबारसँगै २९६ वटा शाखा रहने बैंकको एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । २७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ ।

दुबै बैंक एक आपसमा मर्जर भएर आजदेखि एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो ।

इन्भेष्टमेन्ट र मेगा बैंकले मंसिर १३ गते एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम सम्झौता भएको थियो । इन्भेष्टमेन्ट र मेगा बैंक १००:९० अनुपातमा मर्ज भएका हुन् ।


क्लिकमान्डु