दाहाललाई प्रचण्ड बहुमत, विपक्षमा दुई मतमात्र



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।

उनको प्रस्तावको पक्षमा प्रतिनिधि सभामा २७० उपस्थित सदस्यमध्ये २६८ मत पाएका छन् । सरकारको विपक्षमा दुई मतमात्र परेको छ ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

मतदानमा मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत उपस्थित थिएनन् भने पशुपति शमशेर राणा जेष्ठ सदस्यको हैसियतामा सभामुखको भूमिका छन् ।


क्लिकमान्डु