कांग्रेसले फालेको जालमा माछा हुने छैन, ढोक्सा रित्तै हुनेछ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने नेपाली कांग्रेसको समर्थनमा कुनै जाल नभए त्यो कदम स्वागत योग्य भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र प्रधानमन्त्री दाहाल संविधानका रक्षाको पक्षमा उभिने विश्वाससहित कांग्रेसले विश्वासको मत दिन लागेको बताएका थिए ।

देउवापछि बोलेका एमाले अध्यक्ष ओलीले यदी समर्थनमा कुनै जाल भए त्यो सफल नहुने दाबी गरे ।

‘यदी यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने यो स्वागत योग्य छ’, ओलीले भने, ‘ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहुन्छु,माछा नभएको खोलामा जाल फ्याके जस्तै हुनेछ । केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यस पानीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’

तर आफूले कांग्रेसमाथि विश्वास गरेको उनको भनाइ थियो ।


क्लिकमान्डु