घट्यो हवाई भाडा, २७ गतेदेखि लागू हुने



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य घटेकाले हवाई भाडादर घटेको जनाएको छ ।

‘प्रतिलिटर २० रुपैयाँ घट्दा हवाई भाडा दर पनि १ सयदेखि ९ सयसम्म घट्न जाने हुँदा यात्रु महानुभावहरुलाई अवश्य पनि राहत प्रदान हुन्छ भन्नेमा यो संघ विश्वस्त छ’ वायुसेवा सञ्चालक संघले भनेको छ ।

अझै पनि निगमले हवाई इन्धनमा अत्याधिक नाफा लिइरहेको र यदी हवाई इन्धनमा पुन मूल्य समायोजन गरेको खण्डमा यात्रुले अझै सस्तो हवाई भाडा दरमा हवाई यात्रा गर्न पाउने संघको भनाइ छ ।

घटेको मूल्य पुस २७ गतेदेखि लागू हुने संघले जनाएको छ ।


क्लिकमान्डु