पद र कुर्सीको लोभमा झुण्डिने छैनौं : लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु कहीँ चुक्यौं भने पद र कुर्सीको लोभमा नझुण्डिने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने बताएका हुन् ।

आफूहरु जनताको अपेक्षा पूरा गर्नका लागि सरकारका गएको बताउँदै उनले दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको दाबी गरेका छन् ।

दवाव र प्रभावमा नपरी काम गर्न आफूहरु प्रतिबद्ध र कटिबद्ध रहेको उनले बताएका छन् ।

‘हामी कहीँकतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं,’ उनले भने, ‘यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला ।’

संसद र यो सरकारको कार्यकाल सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए । आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने दाबी उनको दाबी थियो ।


क्लिकमान्डु