ओलीको प्रश्न: सत्ताका लागि गोटी चलाउन समय बित्यो भने देशका लागि कहिले काम गर्ने ?



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताएका छन् । मुलुकले राजनीतिक स्थायित्व खोजेको भन्दै सत्ताका लागि गोटी चाल्नेतर्फ लाग्न नहुने बताएका हुन् ।

प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सोमबार एमाले अध्यक्ष ओलीले सरकार गठन हुन नपाउँदै ढाल्ने खेलतिर लाग्न थालेको भन्दै जनता र देशका लागि कहिले काम गर्ने हो भन्दै प्रश्न गरेका थिए ।

‘सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ’ओलीले भने ।

व्यक्तिको मान सम्मानका लागि नभइ देशका उन्नतिका सरकार बनाउने र जनताको निम्ति काम गर्ने सरकार चलाउनु पर्ने उनले बताए ।


क्लिकमान्डु