इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ ।
मर्जर पश्चात दुवै बैंकले कात्तिक २७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका छन् ।
यो सँगै दुवै बैंकको कारोबार रोक्का भएको छ । मर्जर पश्चात नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।