ई-पासपोर्ट प्रमाणीकरणमा देखिएको समस्या समाधान भयो: राहदानी विभाग



काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी जारी गर्ने काममा आएको समस्या समाधान भएको जनाएको छ ।

आइतबार सूचना जारी गर्दै राहदानी विभागले प्रमाणीकरण प्रकृयामा १७ गतेदेखि आएको सुस्तता हाल समाधान भइसकेको जनाएको हो ।

समस्या समाधान भएकाले विभागमा राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा एसएमएस मेसेज प्राप्त भएपछि अथवा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात राहदानी लिन आउन अनुरोध गरेको छ ।

प्रधानमन्त्रीको निर्देशनअनुसार राहदानी प्राप्त गर्ने प्रकृयालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्वयक प्रकृया अघि बढाउने राहदानी विभागले जनाएको छ ।


क्लिकमान्डु