विश्व अर्थतन्त्रमा देखा परेको मन्दीको असर नेपालमा देखिन थाल्यो: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वको अर्थतन्त्रमा देखा परेको मन्दीको संकेतको असर अहिलेको नेपालको अर्थतन्त्रमा पनि देखा पर्न थालेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा रहेकोले त्यसको असर नेपालमा देखिन थालेको बताए ।

निरन्तर मूल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर रहेकाले नेपालको अर्थतन्त्रमा मन्दीको संकेत देखिन थालेको उनको भनाइ छ ।

उनले विश्व अर्थतन्त्रमा परेको मन्दीको असरबाट जोगिन नेपाललाई गारो रहेको बताए । जोगिन सकेका खण्डमा नेपालका लागि उपलब्धिपूर्ण हुने उनको भनाइ छ ।


क्लिकमान्डु