कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन सरकारले खर्च व्यहोर्ने



काठमाडौं । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परि मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउन सरकारले खर्च व्यहोर्ने भएको छ ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको थियो । आफू बसेको होटलमा आगलागी भएपछि परिवारसँग भिडियोकल गरेका उनले पछि हाम फालेका थिए ।


क्लिकमान्डु