सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ८ सय रुपैयाँ घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु