वाणिज्य सचिवमा मराशिनी



काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा मधु मराशिनीलाई सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मराशिनीलाई वाणिज्य तथा आपूर्ति क्षेत्र हेर्ने गरि सरुवा गरिएको हो ।

वाणिज्य मन्त्रालयका सचिव तोयम रायाको अर्थसचिवमा सरुवा भएपछि मराशिनीलाई आपूर्ति मन्त्रालयमा लगिएको हो ।


क्लिकमान्डु