उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।

सोमबार बानेश्वस्थित संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताए ।

उपप्रधानसहित गृहमा दाबी हो कि होइन तपाइँको? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘कस्तो अफ्ट्यारो पार्नु भयो तपाईंहरुले, मेरो दाबी हो ।’

प्रतिनिधि सभामा लामिछाने नेतृत्वको रास्वपाको २० सांसद छन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन् । शपथसँगै प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको लामिछानेले बताए ।


क्लिकमान्डु