प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई अमेरिकाको बधाई



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकाले पनि बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले फेसबुक पेजमार्फत प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएको छ ।

अमेरिकी दूतावासले नेपालसँग लामो समयदेखि सम्बन्ध रहेकोमा गर्व गर्दै दिगो आर्थिक वृद्धि हासिल गर्ने लगायका विषयमा नेपालसँग उभिने विज्ञप्तिमा जनाएको छ ।

‘नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकोमा हामी गर्व गर्छौं र दिगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र र मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धन गर्न नेपाल सरकारसँग सँगै उभिरहने छौं,’ दूतावासले भनेको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबारै बधाई दिइसकेका छन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न ४ बजे शपथ लिँदै छन् ।


क्लिकमान्डु