राप्रपा तत्काल सरकारमा नजाने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ ।

संसद् भवनमा जारी सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्रपासहितका दलहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् ।


क्लिकमान्डु