रविको नेतृत्वमा रास्वपा सरकारमा जाने, उपप्रधानसहित गृह मन्त्रालयमा दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्‍त्र पार्टी(रास्वपा)सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

रास्वपाको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर कुन मन्त्रालय लिने भन्ने टुंगो भने लागेको छैन ।

रास्वपाले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो पार्टीको दाबी गर्ने स्रोतको दाबी छ ।

सत्ता गठबन्धनमा मन्त्रालयको टुंगो लगाउने विषयमा छलफल हुँदै छ ।

पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्रीहरुको नाम तय हुने रास्वपाको भनाइ छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपा २० सिटसहित प्रतिनिधि सभाको चौथो ठूलो दल हो ।


क्लिकमान्डु