प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रचण्डले प्रधानमन्त्रीम राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

तेस्रोपटक प्रधानमन्त्री बनेका उनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।


क्लिकमान्डु