सरकार गठनपछि मात्र राष्ट्रपति र सभामुख लगायतका पदमा भागवण्डा: एमाले महासचिव



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गठनपछि मात्र राष्ट्रपति र सभामुख लगायतका पदमा भागवण्डा गर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दलहरुको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

राष्ट्रपति, सभामुख लगायतका पदहरुमा कुरा नमिल्दा माओवादी सत्ता गठबन्धन छाडेर एमाले लगायतका दलहरुसँगको छलफलमा बसेको थियो र प्रधानमन्त्री पद आफ्नो पक्षमा पारेको छ ।

तर, राष्ट्रपति लगायतका अन्य पदका विषयमा भने छलफल नभएको र सरकार बनेपछि मात्र अन्य विषयमा छलफल हुने पोखरेलले बताएका छन् ।

‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा छलफल हुन्छ ।’


क्लिकमान्डु