प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिको दाबी गर्न एमाले-माओवादी नेताहरु शितल निवास प्रस्थान



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहितका नेताहरु राष्ट्रपति कार्यालय शितल निवासतर्फ प्रस्थान गरेका छन् ।

केही बेरअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति दलहरुकाबीच भएको थियो ।

प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको भन्दै दलहरु शितलनिवास तर्फ प्रस्थान गरेका हुन् । एमाले महासचिव शंकर पोखरेलले प्रचण्डलाई प्रधानमन्त्री बनाउन शितल निवास जान लागेको बताए ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको दाबी छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएकी थिइन् ।


क्लिकमान्डु