प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपतिलाई खबर पठाइयो



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनको सहमति भएको छ ।

बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । प्रचण्डले पाँच वर्षमध्ये पहिलो साढे २ वर्ष र त्यसपछि नेकपा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार प्रचण्ड प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति बैठकमा भएको छ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको दाबी छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएकी थिइन् ।


क्लिकमान्डु