सत्तारुढ गठबन्धन जोगिने प्रधानमन्त्री देउवाको विश्वास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर गठबन्धन मुलुकको आवश्यकता भएको बताए ।

गठबन्धन मुलुकको आवश्यक्ता भएकाले त्यसलाई जोगाएर अघि बढन आफूहरु निरन्तर प्रयासरत रहेको उनको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिएका थिए ।

सञ्चारमन्त्री कार्कीले फेरि केहीबेर पछि बैठक बस्ने र सहमती हुने दाबी गरे । ‘गठबन्धन अहिले मुलुकको आवश्यक्ता हो । र, छलफल जारी छ । केही समय पछि फेरी बैठक सूचारु हुन्छ । र, हामी एउटा निर्णयमा पुग्छौं । गठबन्धन मुलुकको आवश्यक्ता हो । यसलाई जनताले अनुमोदन पनि गरिसकेका छन । र, जनताको जुन अभिमत छ । त्यसलाई कदर गर्दै हामी अगाडि बढछौं । अव आन्तरिक छलफलको पनि जरुरी छ । अझै छलफलको आवश्यक्ता भएको हुनाले छलफल जारी छ । हामी गठबन्धनलाई जोगाई राख्नका लागि गठबन्धनको आवश्यक्ता हामीले महसुस गरेका छौं । र, सम्माननीय प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु । आफ्नो आफ्नो दलमा पनि छलफल हुन्छ । सबै कुरा अन्तिम घडीमा हुन्छ ।’

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको एकहप्ताको समय आजै अपरान्ह ५ बजे सकिँदैछ ।


क्लिकमान्डु