समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको संयोजक र सदस्यमा आवेदन दिएकालाई अन्तर्वार्तामा बोलाइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको संयोजक र सदस्यमा आवेदन दिएकालाई अन्तर्वार्तामा उपस्थित हुन आग्रह गरेको छ ।

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा संयोजक र सदस्य पदमा ९ जनाले आवेदन दिएका छन् ।

राष्ट्र बैंकले भदौ २० गते सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक र सदस्य पदमा आवेदन माग गरेको थियो।

संयोजक पदका लागि ४ जना र सदस्य पदका लागि ५ जनाको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले संयोजक र सदस्य पदमा १÷१ जनाको आवेदन माग गरेको थियो । बैंककाअनुसार संयोजक पदका लागि प्रकाश कुमार श्रेष्ठ, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागर कुमार घिमिरेले आवेदन दिएका छन् ।

यस्तै, सदस्य पदमा ईश्वर कुमार कार्की, काजीराम कार्की, गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौला रेहका छन् ।

आवेदन दिएका उम्मेदवारमध्ये कार्ययोजना प्रस्तुतीकरणको आधारमा छनौट गरिने बैंकले जनाएको छ ।

बैंककाअनुसार संयोजक पदका लागि आवेदन दिएका आवेदकहरुको अन्तर्वार्ता पुस ६ गते हुने छ ।

जसमध्ये संयोजक पदका आवेदन दिएका प्रकाश कुमार श्रेष्ठ र विष्णुमणि गौतमको अन्तर्वार्ता बिहान ७ बजे र शिवभक्त पोखरेल र सागर कुमार घिमिरेको सोही दिन बिहान ८ः३० बजे हुने छ ।

यस्तै, सदस्य पदमा आवेदन दिएकाहरुको पनि सोही दिन नै अन्तर्वार्ता हुने छ । बैंककाअनुसार इश्वर कुमार कार्की र काजीराम कार्कीको अन्तर्वार्ता बिहान ८ः३० बजे र गोविन्द प्रसाद शमौ, तारानाथ पाण्डे र श्रीराम सीटौलाको भने अपरान्ह ४ः१५ बजे हुने छ।

राष्ट्र बैंकले संयोजक पदका लागि राष्ट्र बैंकले १ लाख २६ हजार ३ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरु तोकेको छ । यस्तै, सदस्य पदका लागि १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरु हुने छन् । साथै, दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु