यी हुन् सानिमा बैंकमा ठूला सेयर स्वामित्व हुने १० व्यक्ति र ३ संस्था तथा कम्पनी



काठमाडौं । सानिमा बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने १३ व्यक्ति तथा संस्था र कम्पनी रहेका छन् । बैंकमा लगानी गर्ने ठूला लगानीकर्तामा १० जना व्यक्ति र तीन संस्था तथा कम्पनीको रहेका छन् ।

बैंकका ठूला सेयरधनीमा कर्मचारी सञ्चय कोष, अमला इन्भेष्टमेन्ट प्रा.लि र जय गणेश इन्भेष्टमेन्ट प्रा.लि र १० जना व्यक्ति रहेका छन् ।

बैंकमा हाल कोषको ४.२८ प्रतिशत अर्थात ४८ लाख ४९ हजार ५४ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लिको ३.९७ प्रतिशत अर्थात ४४ लाख ९७ हजार ५६६ कित्ता सेयर रहेको छ भने जय गणेश इन्भेष्टमेन्ट प्रा.लिको ०.९५ प्रतिशत अर्थात १० लाख ७९ हजार २४७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै व्यक्तितर्फ सबैभन्दा बढी अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात ८९ लाख ९२ हजार ११२ कित्ता, टेक राज निरौलाको ६.८५ प्रतिशत अर्थात ७७ लाख ५५ हजार ९५५ कित्ता, निरज गोविन्द श्रेष्ठको ४.६३ प्रतिशत अर्थात ५२ लाख ४६ हजार ८३१ कित्ता, जिवनाथ लामिछानेको ५.५३ प्रतिशत अर्थात ६२ लाख ६५ हजार ७२१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विनय कुमार श्रेष्ठको ४.६९ प्रतिशत अर्थात ५३ लाख ८ हजार २७५ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात ४१ लाख ८७ हजार ८५७ कित्ता, खेम राज लामिछानेको ३.५६ प्रतिशत अर्थात ४० लाख २७ हजार २०५ कित्ता, राम कृष्ण शाहको २.५३ प्रतिशत अर्थात २८ लाख ६४ हजार ३८८ कित्ता, दिलीप श्रेष्ठको ०.७३ प्रतिशत अर्थात ८ लाख २३ हजार ५७६ कित्ता र गीता श्रेत्रीको ०.६७ प्रतिशत अर्थात ७ लाख ५६ हजार २४२ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु