कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी



काठमाडौं । ग्राहकहरुको समय सापेक्ष चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्डसेवा शुभारम्भ गरेको छ ।

बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ ।

बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

साथै, एसीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोओएसके जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ


क्लिकमान्डु