ऋण लिएर नतिर्ने विकृति नियन्त्रण गर्न राष्ट्र बैंकले कडाइ गरेको हो



कोभिड र रुस युक्रेनबीचको द्वन्द्वले बजारमा मुद्रास्फितिमा असर परेको पाइरहेका छौं । अझै बढ्दै जाने अवस्था छ ।

विभिन्न वस्तुहरुको मूल्य बढ्दै जाने अवस्था छ । इन्धन तथा तेलको मूल्य बढ्दै गएको देखेका छौं । यसले गर्दा लजिस्टिकलगायत सिपिङको मूल्य वृद्धि भएको छ । यसको असर प्रत्येक व्यक्ति तथा घर परिवारमा परिरहेको छ ।

यसको असर मौद्रिक व्यवस्थापमनमा पनि परिरहेको छ । साथै, केन्द्रीय बैंकहरुले आफ्नो मौद्रिक अवधारणा केही न केही तरिकारले सहकार्य गरेर अगाडि बढिरहेका छन् । जसले ब्याजदर घटाउने छ । दुई हप्तासम्म अघिसम्म अन्तरबैंक साढे प्रतिशतसम्म चलिरहेको थियो । अहिले ७.०७ प्रतिशतमा झरेको छ ।

यसको अर्थ बजारमा केही सहजता भएको छ । सँधै सहजता रहँदैन । जहिले पनि हामीलाई अर्थतन्त्रमा भने चुनौती भइरहन्छ । यो पुसमा सरकारको कोषमा पैसा आउँछ । पुस महिनामा इस्यू क्यालेन्डरअनुसार करिब करिब ३० अर्ब आन्तरिक ऋण रकम आउँछ । जुन नियमित प्रक्रिया हो ।

पुसमा गत वर्ष राष्ट्र बैंकले पुनरकर्जामा सेडुलअनुसार ६० अर्ब पुनर्कर्जा दिएको थियो । त्यसको असर यो वर्षको पुसमा पर्नेछ । कसरी तरलता अभावलाई सहज बनाउन सकिन्छ त्यसका लागि प्रयास भइरहेको छ । तरलता सहज बनाउनका लागि राष्ट्र बैंकले गरेको कामलाई गहिरिएर बुझ्न जरुरी छ ।

तरलता अभाव सहज बनाउनका लागि बैंकले गरेको कार्य हेर्ने हो भने छुट्टै आलेख बन्न सक्छ । गत वर्ष करिब ९७ अर्ब तरलता बजारमा प्रवाह गरेको थियो । अहिले पनि साढे १ खर्ब जति बैंकलाई तरलता दिइरहेको छ । यसले गर्दा राष्ट्र बैंकको तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको छ ।

त्यही पनि बजारमा तरलता अभावको समस्या हट्न सकेको छैन । कारण के हो भन्ने सन्दर्भमा सबैले बुझ्न जरुरी छ । यसको मुख्य कारण बीओपी हो । बीओपी आयातमुखी छ । त्यस्तै, सेवा क्षेत्रमा पनि नेट घाटा देखिरहेका छौं । पछिछल्ला दिनहरुमा राम्रो खालको रेमिट्यान्स आप्रवाह भइरहेको छ । जसको फलस्वरुपमा केही सहजता थपिएको छ ।

तर, यसलाई अझै सहज बनाउने सिलसिलामा के जरुरी छ भने बजारमा ऋण प्रवाह रिसाइकलिङ हुन आवश्यक छ । लगेको ऋण केही न केही रुपमा बैंकमा जम्मा हुनुपर्छ । लगेको पैसा चाहिँ तिरिँदैन । के बैंकमा आफै पैसा त बन्दैन । यो कुरामा बजार दसहज हुन जरुरी छ ।

अहिलेको सहजतलाई राष्ट्र बैंकले आगामी दिनमा आउन सक्ने चुनौतीलाई ख्याल गर्दै अगाडि बढिरहेका छौं । तर, आर्थिक क्षेत्रमा भएको विकृतिहरुलाई अप्ठ्यारो बेला सधार्नु हुँदैन भन्न थालियो भने कहिले नि सुधार हुँदैन । झन बढी समस्या हुन्छ र अझै बढ्छ ।

हिजोको विकृतिको कारणले आज केही व्यवसायी तथा ऋणीलाई अप्ठ्यारो परेको छ भने त्यो विकृति निरन्तर रहिरह्यो भने आगामी दिनमा अरुलाई अप्ठ्यारो पर्छ । त्यस्ता खालका विकृतिहरु समयमै समाधान गर्न आवश्यक छ । जसका लागि नेपाल सरकार र राष्ट्र बैंकले आफ्नो ठाउँबाट काम गरिरहेको छ ।

त्यस्तै, निजी क्षेत्रमा हामी हस्तक्षेपकारी भूमिकामा हामी छिर्न थाल्यौं भनेदेखि त्यो कति काउन्टर प्रोडक्टिभ होला । त्यसलाई सहजै करेक्सन गर्न समय लाग्ला । यस विषयमा सबैले सोच्न आवश्यक छ ।

राष्ट्र बैंक बैंकले विभिन्न चरणमा कडाइ गर्दै लगेको छ । त्यसैले राष्ट्र बैंकले अर्थतन्त्रलाई सन्तुलन बनाउनका लागि विभिन्न चरणमा छुट्टा छुट्टै व्यवस्था गर्दै लगेको छ । विगतको दिनमा राष्ट्र बैंकले आयातमा मार्जिनको तथा प्रतिबन्ध गरेको थियो । अहिलेउ खुकुलो बनाएको छ । हाम्रो उद्देश्य भनेको निजी क्षेत्रलाई तथा व्यवसायीलाई अप्ठेरोमा पार्ने होइन सहज बनाउँदै लजाने गरी नीति नियम बनाएको हुन्छ ।

(गभर्नर महाप्रसाद अधिकारीले नाफिजको कार्यक्रममा व्यक्त गरेको विचार)


क्लिकमान्डु