दोलखामा एमालेलाई पछि पार्दै माओवादीका कार्कीले बनाए अग्रता



काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

पछिल्लो मतगणना अपडेट अनुसार गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पछि पारेका हुन् ।

शुरुमा अग्रता बनाएका कार्कीलाई शिवाकोटीले पछि पारिरहेका थिए ।

पछिल्लो अपडेट अनुसार मा‌ओवादीका कार्कीले २१ हजार ४१२ मत पाउँदा एमालेका शिवाकोटीले २१ हजार १४३ मत पाएका छन् ।


क्लिकमान्डु