सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको थियो । आइतबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु