विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै



विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पोभन्दा सिएनआई एक्स्पो २०२३ फरक ढङ्गले गर्न खोजेको बताए ।

उनले एक्स्पो कुनै एउटा क्षेत्र मात्रै नभएर धेरै क्षेत्रलाई समेटेर प्रदेश नम्बर समग्रमा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताए ।

उनले एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्रको मात्रै संग्लनता रहेको छैन समग्र सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको बताए । एक्स्पोमा भारतीयहरुलाई समेत बोलाउने प्रयास भइरहेको उनले बताए ।

१० दिन चल्ने मेलामा करिव ४ हजार मानिसहरुलाई सहभागिता गराउने उद्देश्य रहेको र ५० करोडभन्दा बढीको व्यापार हुने अपेक्षा रहेको उनको भनाइ छ । मेलामा ३५० वटा स्टलहरु रहने छन् र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएका छन् ।


क्लिकमान्डु