सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार २ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु