प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै छलफल, रामचन्द्र पौडेल कोटेश्वर पुगे



काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेसँगै सत्ता गठबन्धनका दलका नेताहरुको सक्रियता बढेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाले दुवै नेतासँग मतपरिणाम र सरकार गठन, समसामयिक राजनीतिबारे छलफल गरेका हुन् ।

सोमबार बिहानै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका छन् । नेपालसँग भेट्न कोटेश्वर पुगेका उनले प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले आफू तयार रहेको बताएका थिए ।


क्लिकमान्डु