सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु