वैदेशिक रोजगार कार्यालले २८० टोकन बाँड्ने, भोलिपल्टका लागि अघिल्लो दिन ४ बजे लिनु पर्ने



काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले पछिल्लो दिनका लागि अघिल्लो दिन ४ बजे २८० टोकन बाँड्ने भएको छ ।

कार्यालयले आज सूचना जारी गर्दै पछिल्लो दिनको लागि अघिल्लो दिन ४ बजे २८० टोकन र सोही दिनका लागि ११ बजे थप १०० टोकन दिने जनाएको छ । जसमा कार्यालयले दैनिक ३८० टोकन दिइ सेवा प्रवाह गर्ने भएको छ ।

कार्यालयले वैदेशिक रोजगार विभागअनुसार मंसिर ७ गतेको टोकन रिलिज गर्ने सम्बन्धको पत्रअनुसार कार्यालयको नवीकरण शाखाबाट हुने सेवा प्रवाहको दिनका लागि सहज र व्यवस्थित बनाउन अघिल्लो दिन नै टोकन दिने जनाएको छ ।


क्लिकमान्डु