सिभिल बैंकको बाह्रौं वार्षिकोत्सव सम्पन्नः नगदरहित अर्थतन्त्र आजको आवश्यकताः गभर्नर अधिकारी



काठमाडौं । सिभिल बैंकले १२ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी सुरु गरेको छ ।

बैंकले १२ औं वार्षिकोत्सवका अवसरमा जावलाखेलमा गो क्यासलेस अभियान सुरु गरेको छ । यस्तै बैंकले नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनी सहित छ स्थानका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने बैंकले जनाएको छ ।

जावलाखेलमा गो क्यासलेस अभियानको सुरु गर्दै नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने बताए ।

नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न नगदरहित अभियान अपरीहार्य भएको बताए ।

बैंकले वार्षिकोत्सवका अवसरमा बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको शुरु गरिएको छ । जसको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा गरे ।

९५ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरि ८७ अर्ब ४० करोड ऋण लगानी गरेको बैंकले आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु