नेपाल बैंकको शाखा चौराहामा



काठमाडौं । नेपाल बैंकको शाखा लूम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुववल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहाबाट सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेले संयूक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रतिष्पर्धात्मक बैंकिङ् बजारमा चूस्त दूरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगा प्रसाद ज्ञवालीले बताए । नगर प्रमूख खेलराज पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारीले शाखा विस्तारले बुटवलको विकासको निम्ति नेपाल बैंकको भुमिकासमेत बढाउन सहयोग पूग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पूनः देश विकासकै लागि खर्च हूने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयूक्त हूने बताए ।


क्लिकमान्डु