सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ ।
कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दैै आइरहहेको छ ।
यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।