नबिल बैंकको १ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले किन्न सक्नेछन् ।

संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र बैंकको केन्द्रिय कार्यालय, तिनधारा विणामार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

उक्त समयभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।


क्लिकमान्डु