कफी ब्यवसाय संचालन गर्न मुक्तिनाथ विकास बैंकले कर्जा दिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह दिने भएको छ । त्यसका लागि मुक्तिनाथ विकास बैंक र कफी सोलुसनबीच सम्झौता भएको छ ।

बैंकले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका ब्यक्तिहरुलाई कर्जा दिने भएको हो ।

कफी सोलुसन प्रा.लि.ले कफी सम्बन्धी ब्यवसाय संचालन गर्न ईच्छुक ब्यक्तिहरुलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्द्य गराउने छ ।

कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम ब्यवसायीलाई विना धितो ऋण स्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ ।

ऋण लिएर ब्यवसाय सुरु गरि त्यही ब्यवसायबाट आर्जन गरेको रकमले ब्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने ब्यवस्था गरेको छ ।


क्लिकमान्डु