एमालेले अहिलेसम्म कहाँ कहाँ जित्यो ? (सूचीसहित)



काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

मतगणनामा नेकपा एमाले दोस्रो स्थानमा देखिएको छ । ३९ स्थानमा अग्रता बनाइरहेको एमालेले ५ स्थानमा जित बनाएको छ ।

केही निर्वाचन क्षेत्रमा अन्यदलसँग तालमेल गरेको एमाले धेरै क्षेत्रमा एक्लै सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । बुधबार साँझ साढे पाँच बजेसम्म एमालेले ५ स्थानमा जित हात पारेको छ ।

यी हुन् एमालेले जितेको निर्वाचन क्षेत्र

काठमाडौं १ : कृष्ण गोपाल श्रेष्ठ
ललितपुर २: प्रेमबहादुर महर्जन
उदयपुर २: अम्बर बहादुर रायमाझी
गुल्मी २: गोकर्ण विष्ट
ताप्लेजुङ: योगेश भट्टराई


क्लिकमान्डु