उपेन्द्र यादवलाई १८ हजार मतान्तरले पराजित गर्दै सिके राउत निर्वाचित
काठमाडौं । सप्तरी- २ मा जनमत पार्टीले जित हात पारेको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् । राउतले निकटतम् प्रतिद्वन्द्वी यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।