बाग्लुङ-१ मा चित्रबहादुर केसी निर्वाचित




बाग्लुङ । प्रतिनिधि सभा सदस्यमा बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

केसीले २१ हजार ४५१ मत पाएर निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

पाठकले १८ हजार ८२५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८२ मत पाएका छन् ।


क्लिकमान्डु