सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु