कात्तिकमा बैंकको बिजनेशः निक्षेपमा सानिमा, कर्जामा नेपाल बैंक अगाडि, कस्को कति ? (सूचिसहित)



काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको बिजनेश बढेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेप १६ अर्ब १९ करोड रुपैयाँले बढ्दा कर्जा लगानी १ अर्ब २६ करोड रुपैयाँले बढेको हो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको समयमा पनि वाणिज्य बैंकले निक्षेप बढाएका छन् । कर्जा भने धेरै प्रवाह गरेका छैनन् ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब १९ करोड रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । असोजमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

कात्तिकमा महिनामा १८ वटा बैंकले निक्षेप बढाउँदा ६ वटा बैंकको भने घटेको छ । यो महिना सानिमा बैंकले सबैभन्दा बढी निक्षेप बढाएको छ ।

बैंकको निक्षेप ५ अर्ब ९० करोड रुपैयाँले बढेको हो । यस्तै धेरै निक्षेप बढाउने दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैकको निक्षेप ५ अर्ब७६० करोड रुपैयाँले बढेको छ ।

संघका अनुसार कृषि विकास बैंकको १ अर्ब ५२ करोड, बैंक अफ काठमाण्डूको १ अर्ब ३२ करोड, सटिजन्स बैंकको ७ करोड, सिभिल बैंकको निक्षेप ३५ करोड रुपैयाँले बढेको छ ।

संघकाअनुसार एभरेष्ट बैंकको १ अर्ब ३ करोड, हिमालयन बैंकको ४ करोड, कुमारी बैंकको ९३ करोड, लक्ष्मी बैंकको ९२ करोड, मेगा बैंकको ४४ करोड, नबिल बैंकको १ अर्ब १४ करोड, नेपाल बैंकको २ अर्ब ५२ करोड, एनएमबि बैंकको १ अर्ब ८७ करोड, नेपाल एसबीआई बैंकको ४ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । यस्तै सिद्धार्थ बैंकको ३ अर्ब २२ करोड, स्टयान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ५० करोड र सनराज बैंंकले निक्षेप ४३ करोड रुपैयाँले बढाएको छ ।

६ बैंकको निक्षेप घट्यो

कात्तिक महिनामा ६ वटा बैंकको निक्षेप घटेको छ । सेञ्चुरी बैंकको १ अर्ब ७ करोड, ग्लोबल आइएमई बैंैकको ३८ करोड, माछापुच्छे« बैंकको १ अर्ब २६ करोड, एनसीसी बैंकको ३ अर्ब ९७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ६७ करोड, एनआईसी एशिया बैंकको २ अर्ब ७६ करोड, प्रभु बैंकको १ अर्ब २९ करोड र प्राइम बैंकको निक्षेप संकलन १ अर्ब ७३ करोड रुपैयाँले घटेको छ ।

१२ बैंकको कर्जा बढ्यो १४ वटाको घट्यो

कात्तिक महिनामा १२ वटा बैंकको कर्जा प्रवाह बढेको छ भने १४ वटाको घटेको छ । कर्जा धेरै बढाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले २ अर्ब ३१ करोड रुपैयाँले कर्जा बढाएको छ ।

कात्तिक १२ वटा वाणिज्य बैंकको कर्जा १ अर्ब २६ करोड रुपैयाँले बढेको छ । कात्तिकमा बैंकको कर्जा १ अर्ब २६ करोड रुपैयाँले बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

कात्तिकमा सेञ्चुरी बैंकले १६ करोड, सिटिजन्स बैंकले ५१ करोड, सिभिल बैंकको ३५ करोड, एभरेष्ट बैंकको १ अर्ब ७३ करोड, हिमालयन बैंकको ७८ करोड, माछापुच्छे« बैंकको १८ करोड, नबिल बैंकको १ अर्ब ४३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ८२ करोड, एनएमबि बैंकको २ अर्ब २८ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २३ करोड र प्रभु बैंकले १ अर्ब १८ करोड रुपैयाँले कर्जा प्रवाह बढाएको छ ।

यस्तै कर्जा घटाउनेमा कृषि विकास बैंकको ८ करोड, बैंक अफ काठमाण्डूको ४७ करोड, ग्लोबल आइएमई बैंकको १ अर्ब १८ करोड, कुमारी २३ करोड, लक्ष्मी २६ करोड, मेगा ९२ करोड, एनसीसी १ अर्ब ३४ करोड, एनआईसी एशिया बैंकको २ अर्ब १९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३६ करोड, सानिमा २३ करोड, सिद्धार्थ बैंक ३ अर्ब ४९ करोड, स्टयान्डर्ड चार्टर्ड ५१ करोड र सनराइज बैंकको कर्जा ३१ करोड रुपैयाँले घटेको छ ।


क्लिकमान्डु