काठमाडौँ-१० मा कांग्रेसका केसी विजयी




काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित विजयी भएका छन् ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।


क्लिकमान्डु