यी हुन् अहिलेसम्म घण्टीले जितेका ३ क्षेत्र, पाँच ठाउँमा अग्रता



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार केही महिना अघि गठन भएर चुनावमा होमिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन निर्वाचन क्षेत्रमा जीत निकालेको छ ।
यी हुन् घण्टीले जितेका क्षेत्र

काठमाडौं २: सोबिता गौतम
काठमाडौं ७ गणेश पराजुली
काठमाडौं ८: विराजभक्त श्रेष्ठ

घण्टीले पाँच ठाउँमा अग्रता बनाएको छ ।

पार्टी सभापति रवि लामिछाने चितवन २ मा निकटप्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अग्रता बनाइरहेका छन् भने चितवन १ मा हरि ढकाल र लिलतपुर ३ मा तोसिमा कार्कीले पनि विपक्षीसँग स्पष्ट अग्रता बनाएका छन् ।

सुनसरी ३ मा ललविक्रम थापाले अग्त बनाइरहेका छन् ।


क्लिकमान्डु