पश्चिम नवलपरासी १: विनोद चौधरी पहिलो, घण्टी दोस्रो, हृदयेश तेस्रो
नवलपरासी । पश्चिम नवलपरासी निर्वान क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेद्वार विनोद चौधरीले अग्रता लिएका छन् ।
शुरुदेखि नै अग्रता लिएका चौधरीलाई बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का उम्मेद्वार महेन्द्र सेन ठकुरीले पछि पारेका थिए । तर, पछिललो परिणामअनुसार चौधरीले ठकुरीलाई पछि पारेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार चौधरीले ९ हजार ९ सय १ मत ल्याएका छन् भने घण्टीका ठकुरीले ९ हजार ५ सय ६५ मत ल्याएका छन् ।
एमालेको समर्थनमा पाएका प्रगतिशिल जनता पार्टीका उम्मेद्वार हृदयेश त्रिपाठी ७ हजार ५०० मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै, राप्रपाका उम्मेद्वार भोजराज ढकालले १८ सय ३१ मत ल्याएका छन् । मतगणना जारी छ ।