चितवन २: एमालेका कृष्णभक्त भन्दा घण्टीका रवि लामिछाने दोब्बर मतले अगाडी



चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।

निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार निकतम् प्रतिद्धन्द्धी एमालेका कृष्णभक्त पोखरेलन्दा लामिछाने दोब्बर मतले अगाडी छन् ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ११ हजार ८ सय ७२ मत ल्याएका छन् भने एमालेका कृष्णभक्तले ५ हजार ६ सय ९८ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेद्वारसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठ ५ सय ५ सय ७३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

शुरुदेखि नै पछाडि परेका लामिछाने पछिल्लो समय लगाता फराकिलो अग्रता कायम गरिरहेका छन् । खासगरी चितवनको शहरी क्षेत्रको मथगणना शुरु भएपछि लामिछानेले लगातार अग्रता कायम गरेका हुन् ।


क्लिकमान्डु