काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित



काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५१५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले १११९६ मत प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५८६५ मत प्राप्त गरे । माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५१८ मत पाएका छन् ।

चालिसेको जितसँगै काठमाडौंमा कांग्रेसले ४ सिट जित हात पारिसकेको। छ । १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा र ५ मा प्रदीप पौडेलले जितिसकेका छन् ।


क्लिकमान्डु