काठमाडौं ५: एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।
पौडेलले १५ हजार २३७ मत पाउँदा एमाले उम्मेदवार पोखरेलले १० हजार १७२ मत पाएका छन् ।