मोरङ-३ मा कांग्रेसका सुनिल शर्माको अग्रता कायमै, रेखा थापा तेस्रो
मोरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ ।
प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् ।राप्रपाकी रेखा थापाले नौ सय छ मत प्राप्त गरेकी छन्।
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो । सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका– ८ बेलबारी नगरपालिका– ८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।
तीन ठाउँमा मतगणना हुँदै
सङ्घीयको समानुपातिकका लागि एक ठाउँ र प्रदेश ‘क’ र ‘ख’ का लागि एक÷एक ठाउँमा मतगणना सुरु भएको उक्त क्षेत्रका निर्वाचन अधिकृत रामहरि काफ्फेले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका लागि ३१ जनाको उमेदवारी रहेको यस क्षेत्रमा नेकपा एमालेबाट पूर्वमन्त्री ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा प्रतिस्पर्धामा छन् ।