एक सातामै प्रणालीमा थपियो करिब १७ अर्ब निक्षेप, कर्जा प्रवाह सुस्त




काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप थपिदाँ कर्जा प्रवाह भने न्यून देखिएको छ ।

बैंकर्स संघका अनुसार कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप १६ अर्ब ९६ करोड रुपैयाँले बढेको छ भने कर्जा प्रवाह ३६ करोड रुपैयाँले घटेको छ ।

संघका अनुसार कात्तिक ३० गतेसम्म निक्षेप संकलन १६ अर्ब ९६ करोड रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक २५ गतेसम्म ४५ खर्ब ४६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब ९३ करोड रुपैयाँबाट घटेर ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । कात्तिक ३० गतेसम्म कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ८७.१९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु